Loktantra Khabar National Weekly
Ad

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधि पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न

लोकतन्त्र खबर
२२ असार २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,असाढ २१

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले स्थानीय जनप्रतिनिधि र पत्रकारहरूसँग एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन गरेको छ ।

मलंगवा नगरपालिकाको आयोजना तथा नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा बिहिवार उक्त कार्यक्रम सम्पन्न भएको हो।

सुरक्षित आप्रवासन कार्यक्रमले मलंगवा न.पा मा रहेर गरेका कार्यक्रम, उद्देश्य, नीति, प्रभाव, उपलब्धि लगायत विषयका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको सामी कार्यक्रम मलंगवाका कार्यक्रम संयोजक राज नारायण सिंहले जानकारी दिए ।

कार्यक्रममा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयहरू, वित्तीय साक्षरता कक्षा सञ्चालन, मनोसामाजिक परामर्श पछिका परिवर्तनका मुख्य सूचकहरूका विषयमा मनोसामाजिक परामर्शकर्ता राम सोमारी देवी साहले जानकारी गराएका थिए।

उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले प्रस्तुत उपलब्धिहरूलाई विश्लेषण गर्दै विदेश जानै परे सिप सिकेर जान र स्वदेश फर्किएसँगै थप विदेशमा सिकेको सिपलाई आफ्नै ठाउँमा प्रयोग गर्न सुझाएका थिए।

नगरपालिकाको सभा हलमा सम्पन्न भएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा मलंगवा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष,सामाजिक विकास अधिकृत राजकुमार अधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्: