Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा एस.इ.ई दिएका मध्ये आधा परीक्षार्थी अनुत्तीर्ण

लोकतन्त्र खबर
२२ असार २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,असाढ २१

सर्लाहीमा माध्यमिक शिक्षा परीक्षामा (एस.इ.ई)सामेल भएका मध्ये आधा जति परिक्षार्थीहरु अनुत्तीर्ण भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ मलंगवा,सर्लाहीका प्रमुख तारापति खरेललेका अनुसार राष्ट्रिय परीक्षा बोर्डले २०८० साल चैतमा सञ्चालन गरेको एस.इ.ई परीक्षामा आधा भन्दाबढी ५५.०३ प्रतिशत परिक्षार्थीहरु अनुत्तीर्ण भएका हुन् ।

२०८० सालको एस.इ.ई परिक्षामा सर्लाहीबाट १० हजार २८६ जना परीक्षार्थी सामेल भएका थिए ।

त्यसमध्ये ४४.७० प्रतिसत विद्यार्थी मात्रै उत्तीर्ण भएको शि.वि. तथा स. इकाइका खरेलले जानकारी दिए ।

उनका अनुसार चार हजार ५९८ अर्थात ४४.७० प्रतिशत परिक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

पाँच हजार ६८८ जना विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ ।

एनजी आउने परीक्षार्थीले यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने ग्रेडवृद्धि (मौका) परीक्षामा सामेल हुन पाउने प्रमुख खरेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: