Loktantra Khabar National Weekly
Ad

ब्राजिललाई टाइब्रेकरमा हराउँदै उरूग्वे सेमिफाइनलमा

लोकतन्त्र खबर
२४ असार २०८१

उरूग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ।

आइतबार बिहान ब्राजिललाई टाइब्रेकरमा ४-२ गोलले पराजित गर्दै उरूग्वे सेमिफाइनलमा पुगेको हो।

टाइब्रेकरमा एडर मिलिटाओ र डगलस लुइज गोल गर्नबाट चुकेसँगै ब्राजिल क्वाटरफाइनलबाटै घर फर्किएको हो।

ब्राजिलका गोलकिपर एलिसनले उरूग्वेका जोश मारिया गिमिनेजको प्रहार रोकेपनि जितका लागि पर्याप्त भएन।

निर्धारित समयमा गोलरहित बराबरीको नतिजापछि खेल टाइब्रेकरमा पुगेको थियो।

७४ औं मिनेटमा नहितन नान्डेज रातो कार्ड खाएर बाहिरिएपछि उरूग्वे दस खेलाडीमा सिमित भएको थियो।

त्यसका बाबजुद पनि ब्राजिलले गोल गर्न सकेन।

उरूग्वेले अब कोलम्बियासँग सेमिफाइनल खेल्नेछ।  सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: