Loktantra Khabar National Weekly
Ad

प्रभासको ‘कल्की’ ले १० दिनमा कति कमायो?

लोकतन्त्र खबर
२४ असार २०८१

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार भारतमा फिल्मले १० दिनमा ४५० करोड भारू कमाइ गरेको छ। यो १० दिनमा फिल्मले शुक्रबार सबैभन्दा कम कमाइ गरेको थियो। फिल्मले शुक्रबार १६ करोड भारू कमाएको हो।

शनिबार भने फिल्मको कमाइमा सुधार देखिएको छ। फिल्मले शनिबार २३ करोड ३ लाख भारूमाथि कमाएको छ।

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: