Loktantra Khabar National Weekly
Ad

१ प्रतिशत बढ्यो सेयर बजार, होटलमा सर्‍यो आकर्षण

लोकतन्त्र खबर
२४ असार २०८१

काठमाडौं  असार २३, साताको पहिलो दिन आइतबार सेयर बजार १ प्रतिशत अर्थात् २१.२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४०.९७ अंकमा कायम भएको छ । त्यस्तै यस दिन ६ अर्ब २९ लाख रुपैयाँ बराबरको कारोबार भयो । यसअघि बिहीबार ६ अर्ब ४८ करोडको कारोबार भएको थियो ।

कुल १५० कम्पनीको मूल्य बढ्दा ८२ को घट्यो भने १५ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९६ प्रतिशत बढ्यो । यसअघि बिहीबार विकास बैंक समूहमा आकर्षण देखिँदा सो सूचक ३.४३ प्रतिशत बढेको थियो ।

आइतबार बैंकिङ ८.९, होटल तथा पर्यटन १६०, लगानी १, जीवन बीमा १५६, उत्पादन ७५, माइक्रोफाइनान्स ६६, निर्जीवन बीमा १४१ तथा अन्य समूहको सूचक ३६ अंक बढे । व्यापार समूह ६९, फाइनान्स ५३ तथा विकास बैंक समूह १० अंक घटे ।

सीईडीबी हाइड्रोपावरको ५.२५, फरवार्ड माइक्रोफाइनान्स ५ तथा निफ्राको मूल्य ५ प्रतिशत बढ्यो । एनआरएन इन्फ्रास्ट्रक्चरको ४.८, समाज लघुवित्तको ४.७, जानाकी फाइनान्सको ४.६ प्रतिशत मूल्य बढ्यो ।

मैलुङखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । गुडविल फाइनान्सको ६.६, आईसीएफसी फाइनान्सको ४.१, अपरसोलुको ३.९ तथा हिमालय ऊर्जा विकासको मूल्य ३.५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेनस, सीईडीबी हाइड्रोपावर, गुडविल फाइनान्स तथा सानिमा जीआईसी इन्स्योरेन्स क्रमशः अगाडि रहे । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: