Loktantra Khabar National Weekly
Ad

मधेस सरकारमा पठाउन कांग्रेसले ४ मन्त्रीको नाम टुंगो लगायो

लोकतन्त्र खबर
२४ असार २०८१

वीरगन्ज । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा पठाउन ४ जना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई  सरकारमा पठाउन लागेको हो ।

कांग्रेसले सरकारमा क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई पठाउन लागेको सांसद क्षेत्रीले जानकारी दिए ।

सबै जिल्लाको प्रतिनिधित्व हुने गरी मन्त्रीहरूको छनौट भएको उनले बताए । उनका अनुसार कसलाई कुन मन्त्रालयमा पठाउने भने टुंगो लगाउन बाँकी रहेको छ ।

राज्यमन्त्रीको भने नाम टुंगो लगाउन नसकिएको र सहमतिको प्रयास जारी रहेको एक नेताले बताए । मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।  रातोपाटी संवाददाता

 

 

प्रतिक्रिया दिनुहोस्: