Loktantra Khabar National Weekly
Ad

बलिउडमा अभिनेत्रीलाई लिएर हुने भेदभावबारे के भन्छिन् मनिषा ?

लोकतन्त्र खबर
२५ असार २०८१

काठमाडौं । अभिनेत्री मनिषा कोइराला सञ्जयलीला भन्सालीको नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मल्लिकाजानको भूमिका निर्वाह गरेर चर्चामा छिन् । फिल्मफेयर म्यागेजिनसँगको अन्तर्वार्तामा उनले हालै करिअरको सुरुवाती दिनबारेका कुरा गरिन् ।

त्यतिबेला नायक-नायिकाका लागि फरक नियम हुने गरेको सम्झना उनको छ । धेरै केटीसँग सम्बन्ध हुने नायकलाई ‘माचो’ भनिने तर नायिकालाई उनीहरुको सम्बन्ध गोप्य राख्न भनिने गरेको स्मरण पनि उनको छ ।

रक्सी पिउने अभिनेत्रीको स्वभावलाई लुकाउनुपर्ने र केही मानिसले यस्तो कार्य नसुहाउने तर्क गरेको स्मरण पनि उनले गरिन् । अन्तर्वार्तामा उनले भनिन्, ‘फिल्म सौदागरको छायांकनका क्रममा म कोक मिसाएर भोड्का पिइरहेको थिएँ । यसैबीच, म रक्सी पिउँदैछु भनेर कसैलाई नभन्नु, किनभने यो अभिनेत्रीलाई सुहाउँदैन भन्ने कुरा मलाई वरपरका केही व्यक्तिले भने । म कोक मात्र पिउदै छु भनेर सबैलाई बताउन भनियो । त्यो दिन मैले यो नयाँ कुरा सिकेँ ।’

उनले अघि भनिन्, ‘मैले यो कुरा मेरी आमालाई भनेकी थिएँ । मैले कोक पिउदै छु भनेँ, तरपनि उनलाई म रक्सी पिउँदै छु भन्ने उनलाई थाहा थियो । त्यसको जवाफमा उनले भनिन्, ‘सुन्नुहोस् रक्सी खाँदै हुनुहुन्छ भने रक्सी पिउँदैछु भन, कोक पिउँदै छु नभन । यस्ता स–साना कुरामा झुट नबोल ।’

आफूलाई सम्बन्ध लुकाउन मन नलाग्ने तर, आफूसँगको सम्बन्ध गोप्य राख्न मानिसले सुझाव दिने गरेको उनले बताइन् । उनले भनिन्, ‘यदि म कसैलाई डेट गर्दैछु भने म डेट गर्दैछु । यदि तपाईं मलाई यसमा न्याय गर्न चाहनुहुन्छ भने, अवश्य पनि अगाडि बढ्नुहोस् र न्याय गर्नुहोस् । म यस्तै छु, आफ्नो इच्छा अनुसार जिउने छु ।’

‘त्यतिबेला नायकको धेरै गर्लफ्रेन्ड हुनसक्ने भएकाले निकै आलोचना पनि भोग्नुपरेको थियो र उसलाई माचो भनिन्थ्यो । तर अभिनेत्रीले आफूलाई कसैले नछोएको भनेर पुष्टि गर्नुपथ्र्यो’ उनले भनिन् ।

यसप्रति आक्रोश व्यक्त गर्दै मनिषाले भनिन्, ‘मेरो ब्वायफ्रेन्ड छ, यसको मतलब म जीवनमा अनप्रोफेसनल छु भन्ने होइन । त्यतिबेला अभिनेत्रीका लागि धेरै जटिल मापदण्ड थिए, जुन मेरा लागि सहि थिएन ।’

मनिषाले सन् १९९१ मा सुभाष घई निर्देशित फिल्म ‘सौदागर’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । यसपछि उनले गुप्त, दिल से, अकेले हम अकेले तुम जस्ता फिल्ममा काम गरिन् ।

ब्रेकपछि मनिषाले सञ्जु र शहजादा जस्ता फिल्ममा सहायक भूमिका निर्वाह गरेकी छिन् । उनी हिरामण्डी सिरिजमा मल्लिकाजनको भूमिका निर्वाह गरेर अहिले चर्चामा छिन् । हिरामण्डीको दोस्रो सिजन छिट्टै आउँदैछ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: