Loktantra Khabar National Weekly
Ad

‘एक था टाइगर’ मा सलमान खान थिएनन् पहिलो रोजाइ

लोकतन्त्र खबर
२५ असार २०८१

बलिउड अभिनेता सलमान खानले थुप्रै ब्लकबस्टर फिल्म दिएका छन्। जसमध्ये एक हो– एक था टाइगर।

फिल्ममा उनले रअ एर्जेटको भूमिका निर्वाह गरेका थिए। फिल्ममा उनीसँगै कट्रीना कैफको मुख्य भूमिका थियो।

फिल्मलाई दर्शकले खुब रूचाएका थिए। तर उनी यस फिल्मको लागि पहिलो रोजाइ थिएनन्। भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार सलमानभन्दा अघि यो भूमिका शाहरूख खानलाई प्रस्ताव गरिएको थियो। तर शाहरूखले फिल्म अस्वीकार गरे।

त्यसबेला शाहरूख अन्य फिल्ममा व्यस्त थिए। उनको व्यस्तता यति धेरै थियो कि उनले यशराज फिल्मसको फिल्मलाई अस्वीकार गरेका थिए। शाहरूखले नै सलमानलाई लिन सुझाएका थिए।

७५ करोडमा बनेको फिल्मले विश्वभरबाट ३३५ करोड भारू कमाएको थियो। हाल यसको दोस्रो र तेस्रो संस्करण पनि प्रदर्शन भइसकेको छ।सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: