Loktantra Khabar National Weekly
Ad

अस्थिर सरकार बनाउन ठुला दलहरु नै अग्रसर

लोकतन्त्र खबर
२५ असार २०८१

विद्यानन्द राय—

नेपाली काँग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनले राजनीतिक रुपमा मुलुकमा नयाँ तरङ्ग ल्याएको छ।

आलोपालो गरेर सत्ताको स्वाद चाख्न खप्पिस भइसकेका राजनीतिक दलका नेताहरु आफ्नो लाज पचाएर छिनछिनमै सत्ता परिवर्तन गर्न कुनै कसर बाँकी राख्दैनन्।

आफ्ना स्वार्थ पुर्ती गर्न जुनसुकै विचार र सिद्धान्तलाई तिलान्जली दिंदै गठबन्धन गर्न पछि हट्दैनन्।

जसको परिणामस्वरूप छिनछिनमा सरकार परिवर्तन गर्दा त्यसको असर आम जनताहरुमा पर्ने गरेका छन् ,साथै त्यसको प्रत्येक्ष असर संघीयता माथि पनि परिरहेको कसैसँग लुकेको छैन ।

कुनै मन्त्रीले सपथ ग्रहण गरेको महिनादिन पनि नबित्दै अर्को मन्त्रीमण्डल अर्कै गठबन्धन गरेर बनाउने खेलले गर्दा आम नागरिकहरु दिक्क भइसकेका छन् ।

केन्द्रीय सत्ता परिवर्तनसँगै प्रान्तीय सत्ता परिवर्तन हुनु स्वभाविक भएपनि यसरी छिनछिनमा मन्त्रीहरुको हेरफेरले विद्यार्थीहरुलाई पनि हाम्रो शिक्षामन्त्री को हो ?

ठम्याउन गार्‍हो भइसकेको छ।हुनत संसदीय व्यवस्थामा विपक्षी दलहरु पनि शक्तिशाली भएपछि मात्रै जनताको जल्दोबल्दो समस्याहरु संसदमा प्राथमिकतामा पर्न सक्छ ,तर ठुला भनिएका दलहरु नै एकआपसमा”काले-काले मिलेर खाउँ भाले” जस्ता प्रकृति विद्यमान रहेका कारण आम नागरिकका अपेक्षाहरु त्यस्तै सेलाएर जने जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: