Loktantra Khabar National Weekly
Ad

सेयर बजार परिसूचकसँगै कारोबार घट्यो

लोकतन्त्र खबर
२५ असार २०८१

काठमाडौं  असार २४ , सोमबार सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको ५ कारोबार दिनपछि सोमबार नेप्से घटेको हो ।

नेप्से परिसूचक ४.६२ अंक घटेर २१३६ अंकमा कायम भएको छ । अघिल्लो दिन ६ अर्बको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो । ९५ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने १० को स्थिर रह्यो ।

सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ २, विकास बैंक १५, होटल तथा पर्यटन ५३, हाइड्रोपावर १०, जीवन बीमा ६५, उत्पादन १०, निर्जीवन बीमा ३६, अन्य ८ र व्यापार समूह २४ अंक घटे । माइक्रोफाइनान्स ४२ र फाइनान्स समूह सूचक ६ प्रतिशत बढे ।

समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ९.६, सिन्धु विकास बैंकको ५.१, दोर्दीखोला जलविद्युतको ५, फरवार्ड माइक्रोफाइनान्सको ४.२ प्रतिशत मूल्य बढ्यो ।

मैलुङखोला जलविद्युत्को मूल्य ८.३, आँखुखोला जलविद्युत्को मूल्य ४.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र निफ्रा क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: