Loktantra Khabar National Weekly
Ad

गण्डकीका सभामुखलाई सुविधा थपियो, सञ्चार विज्ञ राख्न पाउने

लोकतन्त्र खबर
३१ असार २०८१

पोखरा । गण्डकी प्रदेशका सभामुखलाई सुविधा थप गरिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐनमा अनुसूची संशोधन गरेको हो ।

अब गण्डकीका सभामुखले सञ्चार विज्ञको सुविधा पाउनेछन् । अधिकृत स्तरको सञ्चार विज्ञ राख्ने सुविधा अनुसूचीमा थप गरिएको सरकारका प्रवक्ता डा टकराज गुरुङले जानकारी दिए ।

सभामुखले धेरै अघिदेखि सञ्चार हेर्ने व्यक्तिलाई नियुक्ति दिन पाउनुपर्ने माग राख्दै आएका थिए । अरू प्रदेशमा पनि सभामुखले सुविधा प्रयोग गर्दै आएका छन् ।

गण्डकी प्रदेशमा अहिले कृष्णप्रसाद धिताल सभामुख पदमा आसीन छन् ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: