Loktantra Khabar National Weekly
Ad

काठमाडौं–भैरहवाका लागि कुन एयरलाइन्समा कति पर्छ भाडा?

लोकतन्त्र खबर
३१ असार २०८१

मनसुनमा बाढी-पहिरोका कारण बर्सेनी सर्वसाधारणको यात्रा कष्टपूर्ण हुन्छ।

यसपालि पनि पहिरोकाे कारण राजमार्गहरू अवरूद्ध हुने क्रम जारी छ।

खासगरी काठमाडौंबाट आउजाउ गर्ने पृथ्वी राजमार्गमा अवरूद्ध भइरहँदा यात्रुको सास्ती बढेको छ।

यसबाट छुटकारा पाउन यात्रुहरूले विकल्प खोजिरहेका छन्। पहिलो विकल्प हवाई यात्रा भएको छ।

काठमाडौं–भैरहवा रूटमा अहिले बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।

बुद्धले काठमाडौं–भैरहवा दैनिक ११ वटा उडान गरिरहेको छ। त्यस्तै, यती एयरलाइन्सले काठमाडौं-भैरहवा ६ र श्रीले ४ उडान गरिरहेका छन्।

हवाइ यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ।

बुद्ध एयरलाइन्सले काठमाडौं–भैरहवाका लागि न्यूनतम भाडादर पाँच हजार दुई सय रूपैयाँ राखेको छ। त्यस्तै, यही गन्तव्यका लागि बुद्धले ८ हजार ६४३ रूपैयाँ अधिकतम भाडादर राखेको छ।

यती एयरलाइन्सले पनि काठमाडौं‌–भैरहवा उडानका लागि न्यूनतम पाँच हजार दुई सय रूपैयाँ र अधिकतम ८ हजार ६४० रूपैयाँ रहेको छ।

श्रीले काठमाडौं–भैरहवा टिकट बिक्रीका लागि राखेको न्यूनतम भाडादर पाँच हजार दुई सय रूपैयाँ राखेको छ। त्यस्तै, अधिकतम भाडादर ८ हजार ६४३ रूपैयाँ रहेको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: