Loktantra Khabar National Weekly
Ad

स्पेनले जित्यो युरो कपको उपाधि

लोकतन्त्र खबर
३२ असार २०८१

युरो कपको उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए।  विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए।

त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए।​ योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ।  स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।

इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ। अघिल्लो संस्करणमा  इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो । यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: