Loktantra Khabar National Weekly
Ad

यी हुन् ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवक

लोकतन्त्र खबर
३२ असार २०८१

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकको तस्बिर पनि सार्वजनिक भएको छ।

बीबीसीले ट्रम्पको हत्या प्रयसा गर्ने युवक थोमस म्याथ्यु क्रुक्सको तस्बिर सार्वजनिक गरेको हो।

तस्बिर उनको स्कुलको वर्ष पुस्तकबाट लिइएको हो।

क्रुक्स पेन्सिलभेनियामा ट्रम्पले आयोजना गरेको चुनावी र्‍याली स्थलबाट एक घण्टा टाढा बेथेल पार्कमा बस्थे।

तस्बिर सार्वजनिक हुनुअघि बेथेल पार्क हाई स्कुलले थोमस क्रुक्सले २०२२ मा त्यहाँबाट आफ्नो पढाइ पूरा गरेको पुष्टि गरेको थियो।

थोमस क्रुक्सलाई पनि सुरक्षाकर्मीले गोली हानेर घटनास्थलमै मारिसकेको छ।

बेथेल पार्कमा रहेका बीबीसी संवाददाता बर्न्ड डेबसम्यान जुनियरले सुरक्षाकर्मी र प्रहरीले थोमसको घरतर्फ जाने सबै बाटो बन्द गरेको र अनुसन्धान भइरहेको बताएका छन्।

बीबीसीलाई प्राप्त जानकारीअनुसार थोमस क्रुक्स आफ्नो घरनजिकैको स्थानीय नर्सिङ होमको भान्छामा काम गर्थे।

सुरक्षाकर्मीले घटनास्थलमा उनको कुनै परिचयपत्र फेला पारेनन्। त्यसैले उनको पहिचानका लागि डीएनए परीक्षण गरिएको थियो।

अहिले एफबीआईले आक्रमणको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ। नेपाल खबर

 

प्रतिक्रिया दिनुहोस्: