Loktantra Khabar National Weekly
Ad

अमेरिकी र्‍यापर विज खलिफा रोमानियामा पक्राउ

लोकतन्त्र खबर
३२ असार २०८१

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर विज खलिफा पक्राउ परेका छन् । रोमानियामा शनिबार राति ‘बिच प्लिज फेस्टिभल’मा सांगीतिक प्रस्तुति दिंदै गर्दा गाँजा सेवन गरेपछि उनी अवैध लागूऔषध राखेको आरोपमा पक्राउ परेका हुन् ।

‘लागूऔषधको अवैध संगठित अपराध र आतंकवादको अनुसन्धानका लागि निर्देशनालयका अभियोजकले प्रतिवादी (अमेरिकी नागरिक) विरुद्ध आपराधिक कारवाही सुरु गर्न आदेश दिएका छन्,’ रोमानियाली संगठित अपराध विरोधी अभियोजकले प्रेस विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विज खलिफासँग कन्स्टान्टा काउन्टीको कोस्टिनेस्टी रिसोर्टमा आयोजित एक कन्सर्टमा १८ ग्रामभन्दा बढी भाङ थियो र स्टेजमा क्राफ्ट चुरोटको आकारमा उनले मञ्चमा गाँजा सेवन गरे ।’

रिपोर्टका अनुसार १० पटकको ग्रामी अवार्डको मनोनयनमा परेका विज खलिफा र अन्यलाई आइतबार बिहान सोधपुछका लागि हिरासतमा राखिएको थियो । अहिले उनलाई रिहा गरिसकिएको छ ।

अनलाइनमा पोस्ट गरिएको भिडियोमा खलिफालाई रोमानियाली प्रहरीले घेरेको र महोत्सव स्थलबाट बाहिर निकालिएको पनि देखिन्छ ।

रोमानियामा गाँजा राख्नेलाई १० वर्षसम्मको जेल सजाय हुन्छ । खलिफाले एक्समा पोस्ट गर्दै रोमानिया देशप्रति आफ्नो सम्मान रहेको बताएका छन् । ‘उनीहरू धेरै सम्मानजनक छन् र मलाई जान दिए,’ उनले भने, ‘म चाँडै फर्कनेछु ।’ अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: