Loktantra Khabar National Weekly
Ad

बैंककको होटलमा ६ भियतनामी नागरिकको शव फेला

लोकतन्त्र खबर
२ श्रावण २०८१

थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार  ६ भियतनामी नागरिक मृत भेटिएका छन्।

ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई विष खुवाइएको आशंका गरेको छ।

बैंककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै संकेत पाइएको छैन । उहाँले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरे। ‘हामीलाई उद्देश्य पत्ता लगाउन आवश्यक छ’ उनले भने, ‘उनीहरूले आत्महत्या गरेको नभई अन्यको हत्याबाट मरेको हुनसक्छ।’

प्रहरीले दिउँसो साढे ४ बजे सूचना पाएको थियो। केही समयपछि प्रधानमन्त्री श्रेथा थाभिसिन घटनास्थलमा पुगेका थिए उनले यो घटनामा सातौँ भियतनामी संलग्न रहेको आशंका गरे।

‘संघर्षको कुनै संकेत थिएन’, होटलमा आयोजित पत्रकार सम्मेलनमा श्रेथाले भने, ‘उनीहरूले केही खाएका थिए कि भन्नेबारे शव परीक्षणबाट पत्ता लाग्नेछ।’ यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: