Loktantra Khabar National Weekly
Ad

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको आग्रह

लोकतन्त्र खबर
२ श्रावण २०८१

वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आफ्ना शुभेच्छुकहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि शुभकामना तथा बधाई दिनेको ओइरो लागेपछि उनले आफूलाई भेटेर प्रत्यक्ष भेटेर शुभकामना दिनुभन्दा पनि डिजिटल माध्यमको प्रयोग गरेर शुभकामना र बधाई दिन आग्रह गरेका हुन् । साथै उनले बधाई दिँदा माला, खादा लगायत प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु ।’ यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: