Loktantra Khabar National Weekly
Ad

यो वर्षको शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने

लोकतन्त्र खबर
२ श्रावण २०८१

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१-०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञानपन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र प्राथमिक तहका लागि आगामी वैशाखमा विज्ञापन आह्वान गर्ने कार्यतालिका छ ।

पुसमा खुल्ने माध्यमिक तहको विज्ञापनमा फागुन र वैशाखमा परीक्षा सञ्चालन हुनेछ भने फागुन र जेठमै नतिजा समेत प्रकाशित हुनेछ ।

त्यस्तै निम्न माध्यमिक तहको हकमा वैशाख र असारमा परीक्षा हुनेछ । त्यस्तै प्राथमिक तहको हकमा जेठ र असारमा परीक्षा सञ्चालन हुनेछ भने असारमा नतिजा प्रकाशन हुनेछ ।

अध्यापन अनुमतिपत्र अन्तर्गत माध्यमिक तहको लागि आगामी साउनमा विज्ञापन आह्वान हुनेछ भने असोजमा परीक्षा हुनेछ ।

त्यस्तै निम्न माध्यमिक तहको हकमा भदौमा विज्ञानपन आह्वान हुनेछ भने कात्तिकमा परीक्षा सञ्चालन गर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । रातोपाटी संवाददाता

TSC Notice

प्रतिक्रिया दिनुहोस्: