Loktantra Khabar National Weekly
Ad

भूकम्प पीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते

लोकतन्त्र खबर
२ श्रावण २०८१

जाजरकोट । जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा, उनकी चार वर्षीय छोरी हस्तिका थापा र १७ वर्षीय छोरी निर्माया थापा रहेकी छिन्।

मंगलबार राति स्थानीय दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामाथि पहिरो खसेको जाजरकोट प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको जाजरकोट प्रहरी प्रमुख, डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: