Loktantra Khabar National Weekly
Ad

दुई सवारी ठोक्किँदा ५ जनाको मृत्यु भएपछि दुवै चालक जेल चलान

लोकतन्त्र खबर
२ श्रावण २०८१

गएको असार ६ गते सर्लाहीमा दुईवटा सवारी साधन आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा पक्राउ परेका दुवै सवारी साधनका चालक जेल चलान भएका छन्।

जेल चलान हुनेमा लु १ ख ८८४८ नम्वरको बसका चालक रुपन्देहीको देवदह नगरपालिका- ७ सितलनगर बस्ने ३४ वर्षीय अर्जुन खरेल र एनएल ०११ एएस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक (लरी) का चालक भारतको राजस्थान शाहपुरा थाना पुलिया- ९ राज्यास घर भएका ३७ वर्षीय दिनेश कुमार कीर छन्।

उनीहरुलाई सवारी ज्यान र अंगभंग मुद्दामा सर्लाही जिल्ला अदालतको सोमबारको आदेशअनुसार पुर्पक्षका लागि कारागार पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

पूर्व पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा असार ६ गते बिहान दुई सवारी आपसमा ठोक्किँदा ६ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएका थिए।

भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस रायमाझी चोकमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो।

यो दुर्घटनामा दुवै चालकले लापरबाही देखिएको भन्दै प्रहरीले उनीहरुले सोही दिन पक्राउ गरेर हिरासतमा राखेको थियो।  नेपालखबर

 

 

प्रतिक्रिया दिनुहोस्: