Loktantra Khabar National Weekly
Ad

रिल्स बनाउँदा झरनामा चिप्लिएर २७ वर्षिया इन्स्टाग्राम इन्फ्लुएन्सरको मृत्यु

लोकतन्त्र खबर
३ श्रावण २०८१

काठमाडौं । तन्नेरीमाझ रिल्स र टीकटक बनाउने क्रेज ब्यापक छ । कतिपय अरुले भन्दा भिन्न स्टाइलको भिडियो बनाउन मरिहत्ते गर्छन् । चुनौति मोलेरै खोला, नदी, खोल्सा, झरनादेखि तालमा समेत भिडियो बनाउन उनीहरु रुचाउँछन् ।

यो क्रेज यति देखिन्छ कि वर्षेनी आउने टिकटक र रिल्सको भिडियो बनाउँदा हुने मृत्युका घटनाले यसको पुष्टि गर्छन् । नेपालमा समेत यो घटना पछिल्लो समय बढिरहेको देखिन्छ ।

यही क्रममा भारतको मनगाउँ जिल्लामा यस्तै घटना भएको छ । इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको छ । रिल्स बनाउने क्रममा २७ वर्षिया कामदार ३०० झरनाबाट चिप्लिएर खसेकी थिइन् ।

सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्दारकर्ताले उनको उद्दार गरेका थिए । उद्दार गर्दासम्म उनी जीवितै थिइन् । तर, अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ ।

रिल्स बनाउन उनी ७ जना साथीसहित मनगाउँ जिल्लाको कुम्बे झरनामा गएकी थिइन् । उनलाई इन्स्टाग्राममा पछ्याउनको संख्या दुई लाख ६० हजार छ । उनले पर्यटन प्रवर्धन गर्ने विषयमा रिल्स बनाउने गर्थिन् । उनी डेलाइट नामक प्रविधि कम्पनीमा चार्टर एकाउन्टेन्टको रुपमा पनि कार्यरत थिइन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: