Loktantra Khabar National Weekly
Ad

शाहरुखसँग काम गरेपछि तापसीले तेब्बर पारिन् पारिश्रमिक

लोकतन्त्र खबर
३ श्रावण २०८१

बलिउड अभिनेत्री तापसी पन्नु लामो समयदेखि चर्चामा छैनन् । गएको वर्ष शाहरुख खानसँग फिल्म ‘डिंकी’ मा देखा परेपछि तापसीको लोकप्रियता हिन्दी सिनेमामा निकै बढेको थियो ।

एक वर्ष अघिसम्म अभिनेत्रीले हरेक फिल्मका लागि ४ देखि ५ करोड भारु पारिश्रमिक लिन्थिन् । तर डंकीमा शाहरुखसँग काम गरेयता अभिनेत्रीले अहिले एउटा फिल्मका लागि तापसीले १२ देखि १५ करोड पारिश्रमिक मागिरहेकी छिन् । यति मात्रै होइन आफूलाई प्रस्ताव हुने हरेक फिल्ममा आफ्नो कम्पनीलाई निर्माताको रूपमा सामेल गराउने प्रयासमा उनी छिन् ।

तापसीले गत वर्ष निर्माताको रूपमा आफ्नो पहिलो फिल्म ‘धक धक’ बनाएकी थिइन् । अहिले उनी आफ्नो हरेक फिल्ममा निर्माता बन्न खोजिरहेकी छिन् । फिल्मले नाफा कमायो भने त्यसको निश्चित प्रतिशत उनको कम्पनीले पनि पाउँछ । यस रणनीतिका कारण तापसीले खासै नयाँ फिल्म गरिरहेकी छैनन् । यतिबेला अभिनेत्रीले आफूलाई नायक जत्तिकै महत्त्व दिने र मुनाफामा हिस्सा पाउने फिल्ममा बढी फोकस गरिरहेको बताइएको छ ।

छिटै ओटीटीमा तापसीको अर्को फिर आयी हसीन दिलरुबा रिलिज हुँदैछ । यो फिल्म हसील दिलरुबाको सिक्वेल हो । यो फिल्म २०२१ मा रिलिज भएको थियो । त्यसयता अभिनेत्रीले नौ वटा फिल्ममा काम गरिसकेकी छिन् । एउटा तमिल र एउटा तेलुगु फिल्म बाहेक सबै फिल्म हिन्दीमा थिए । यीमध्ये अधिकांश फिल्मले बक्स अफिस आशा गरेजस्तो कमाउन सकेन । छिटै अभिनेत्री अक्षय कुमारसँग खेल खेलमे मा देखिदैंछिन् ।

प्रतीक गान्धी र प्रतीक बब्बरसँग तापसीको वो लड्की हैं कहाँ पनि बनिसकेको छ । तर यी दुवै फिल्म कहिले रिलिज हुन्छन् थाहा छैन । अभिनेत्रीले सन् २०१० मा तेलुगु फिल्म जुमांडी नादमबाट नायिकाको रूपमा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् ।

सन् २०१३ को चश्मे बद्दूरबाट बलिउडमा डेब्यु गरेकी तापसी त्यसयता बलिउडमा सक्रिय छिन् । उनी प्रायः समानान्तर सिनेमामा काम गर्छिन् । बेबी र पिंक उनका सबैभन्दा सफल र लोकप्रिय व्यावसायिक चलचित्र हुन् । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: