Loktantra Khabar National Weekly
Ad

लगातार घट्दै अक्षय कुमारको ‘सरफिरा’ को कमाइ

लोकतन्त्र खबर
३ श्रावण २०८१

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘सरफिरा’ गतशुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

फिल्मलाई दर्शकसँगै समीक्षकहरूले पनि रूचाएका छन्। तर फिल्मले बक्स अफिसमा खासै राम्रो कमाइ गर्न सकेको छैन।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ६ दिनमा १७ करोड ४० लाख भारू कमाएको छ।

२ करोड ५० लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४ करोड ५० लाख, तेस्रो दिन १ करोड ४५ लाख, चौथो दिन १ करोड ९५ लाख, पाँचौं दिन ५ करोड २५ लाख र छटौं दिन २ करोड भारू कमाएको हो।

यो दक्षिण भारतीय अभिनेता सूर्याको फिल्म ‘सोरारई पोटरू’ को हिन्दी रिमेक हो। तमिल भाषाको यस फिल्मलाई सुधा कोंगरा प्रसादले निर्देशन गरेका थिए। हिन्दी भाषाको फिल्मलाई पनि उनले नै निर्देशन गरेका छन्।

फिल्ममा अक्षयसँगै राधिका मदान र परेश रावलको अभिनय छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: