Loktantra Khabar National Weekly
Ad

आन्दोलन हिंसात्मक बन्न थालेपछि बंगलादेशमा मोबाइल इन्टरनेट बन्द

लोकतन्त्र खबर
३ श्रावण २०८१

काठमाडौं साउन ३ , बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भइरहेको आन्दोलनमा परी ६ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै सरकारले मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको छ ।

बंगलादेशका सहायक सूचना प्रविधिमन्त्री जुनैद अहमद पालकले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन र आन्दोलनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै अस्थाइ रूपमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको प्रतिक्रिया दिएका छन् ।

अहिलेको अवस्था सामान्य भएपछि मोबाइल इन्टरनेट सेवा पुनः सुरु हुने उनले बताएका छन् ।

आन्दोलन दबाउन ढाका लगायत विभिन्न शहरमा प्रहरीले दर्जनौं अश्रु ग्यास प्रहार गरेको छ । आन्दोलनमा अधिकांश विद्यार्थीको सहभागिता भएका कारणले सरकारले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय तथा विश्वविद्यालय बन्द गरेको छ ।

राजधानी ढाकामा पसल र कार्यालयहरू भने खुलेका छन् । सार्वजनिक बसहरू फाट्टफुट्ट चलेका देखिन्छन् ।

बंगलादेशको सरकारी निकायमा विभिन्न क्षेत्र, समुदाय तथा वर्गलाई करिब ५० प्रतिशत आरक्षण तथा कोटा राखिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: