Loktantra Khabar National Weekly
Ad

कौशलको कुशल यात्रा : शिक्षकदेखि मन्त्रालयसम्म

लोकतन्त्र खबर
६ श्रावण २०८१

मनोज यादव—- सर्लाही,साउन ६

नेपाली काँग्रेस सर्लाही क्षेत्र न-२ का क्षेत्रीय अध्यक्ष कौशल किशोर राय बिहीबार मधेस प्रदेश सरकारमा श्रम तथा यातायात मन्त्री नियुक्त हुनुभएको छ । सांसदबाट मन्त्री बन्नुभएका रायको यो पहिलो सुरुवात हो।

श्रम तथा यातायात मन्त्रालयको कार्यभार सम्हाले लगत्तै उहाँले स्वचालित प्रविधिबाट ड्राइभिङ्ग टेस्ट ट्रयाक सञ्चालन गर्ने पहिलो निर्णय गर्नु भएको छ।

मधेश प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा म्यानुअल तबरबाट सवारी चालक अनुमतिपत्रका लागि परीक्षा हुने गरेका बेला कम्प्युटर इन्टेलिजेन्स प्रणालीमा आधारित स्वचालित मेसिनबाट परीक्षा हुने व्यवस्थालाई स्वचालित ड्राइभिङ्ग टेस्ट ट्रयाक भनिन्छ।

सवारी चालक अनुमतिपत्रका लागि नाङ्गो आँखाले परीक्षण भइरहँदा त्रुटि हुने र रकमको चलखेल हुने सम्भावनालाई अनुमानयोग्य, विश्वसनीय कम्पिउटरकृत इन्टेलिजेन्सका आधारमा स्वचालित प्रविधिको उपयोगले समाप्त गर्ने उहाँले बताउनुभयो ।

सो प्रविधिका आधारमा सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरिसकेको छ ।

उहाँले गर्नुभएको निर्णयअनुसार यसै वर्षबाट महोत्तरीको बर्दिवास वा सिरहाको लहानमा सो प्रविधि सञ्चालनमा ल्याइनेछ ।

अब हेरौँ मन्त्री रायको संक्षिप्त जीवनी नेपाली काँग्रेस सर्लाही क्षेत्र न-२ का क्षेत्रीय अध्यक्ष एवं श्रम तथा यातायात मन्त्री रायको जन्म वि.सं.२०२८ भदौ २० गते सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-११ गम्हरियामा भएको हो ।

पिता स्व.देवनारायण राय र माता एतवरीया देवीका ५ भाई छोरा मध्ये काइँलो(चौथो)छोरा रायले स्नातक सम्मको अध्यन पुरा गरि वि.स. २०५३ भदौ १५ गते श्री मरिचमान सिंह जनता माध्यमिक विद्यालय चन्द्रनगरमा पहिलो नियुक्ति पाएर शिक्षण पेशामा प्रवेश गर्नुभएको थियो।

त्यसपछि उहाँ २ दशक भन्दा बढी समय शिक्षण पेशामै आबद्ध भई वि.स.२०७५ सालमा मलंगवा-२ स्थित रहेको श्री पब्लिक माध्यमिक विद्यालयमा अध्यापन गराउने क्रममा बिचमै शिक्षण पेशालाई छाडेर राजनीतिमा प्रवेश गर्नुभयो ।

उहाँ वि.स.२०४५ साल तिर क्याम्पस पढ्दा खेरीनै नेविसंघको सदस्यको रुपमा राजनीतिमा प्रवेश गरिसक्नु भएको थियो।

उहाँले लगातार ३ पटकसम्म अध्यक्ष पदमा रहेर नेपाल शिक्षक संघ सर्लाहीको जिम्मेवारी पनि कुशलतापुर्वक निर्वाह गरिसक्नु भएको छ।

वि.स.२०७५ सालमा शिक्षण पेशा छाडेर सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका राय वि.स.२०७८ सालमा सम्पन्न भएको नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट सर्लाही क्षेत्र न २ को सभापति पदमा निर्वाचित हुनु भयो।

क्षेत्रीय सभापतिमा निर्वाचित भएको एकवर्ष नबित्दै वि.स.२०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा नेपाली काँग्रेसको तर्फबाट सर्लाहीको क्षेत्र न-२”ख” मा प्रदेश सभा सदस्यको लागि उमेदवारी दिनुभयो ।

आम जनताप्रति उहाँको झुकाव,उहाँ प्रति जनताको विश्वास, मैत्रीपूर्ण व्यवहार ,सादापन ,दुरदर्शिता र विकास प्रेमलाई देखेर सो क्षेत्रका जनताले उहाँलाई प्रदेश सभा सदस्यको चुनावमा विजयी गराएपछि सुरुमा सांसद हुँदै अहिले उहाँ मधेस प्रदेश सरकारमा श्रम तथा यातायात मन्त्री बन्नुभएको छ।

शिक्षण पेशादेखि राजनीति पेशासम्म विभिन्न उतारचढाव झेल्दै दिनरात केही नभनी पार्टी र जनताको हितको लागि काम गर्दै आइरहनु भएका मन्त्री रायले आफुले पाएको जिम्मेवारी निर्वाह गर्ने क्रममा पार्टी र जनताको अहित हुने र मर्का पर्ने कुनै किसिमको कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मन्त्री रायका एक श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: