Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा भारततर्फ चोरी निकासी गर्न लागिएको सोफी रक्सी बरामद

लोकतन्त्र खबर
६ श्रावण २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,साउन ६

नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा सर्लाही प्रहरीले भारतीय मोटरसाइकलको पेट्रोल टंकी र चेसिसमा रहेका ७ कार्टुन सोफी नामक रक्सी बरामद गरेको छ।

प्रहरी चौकी अर्नाहाबाट गस्तीमा खटिएका प्रहरी टोलीले नेपाल-भारत सिमामा पर्ने जिल्लाको बलरा नगरपालिका–५ अर्नाहाको बाटो हुँदै नेपालबाट भारततर्फ BR-0T-0332 नम्बरको मोटरसाइकलको पेट्रोल टंकी र चेसिस भित्र लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा ७ कार्टुन सोफी रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

बरामद भएका रक्सी र मोटरसाइकल आवश्यक कारबाहीका लागि सदरमुकाम मलंगवा स्थित जिप्रकामा राखिएको डिएसपी श्रेष्ठले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: