Loktantra Khabar National Weekly
Ad

गुल्मीमा निस्ती खोलाले बगाएर एक जना बेपत्ता

लोकतन्त्र खबर
६ श्रावण २०८१

गुल्मी साउन ६ ,  गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका- २ का ३१ वर्षीय बोमबहादुर कार्की छन् ।

कार्की निस्ती खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । कार्कीलाई शनिबार बेलुकी इस्मा गाउँपालिका-१ निस्ती खेतबाट फर्किने क्रममा खोलाले बगाएको हो ।

मुसिकोट नगरपालिका-१ अरेवा घर भई हाल  वडा-२ स्थित मामाघरमा बस्दै आएका थिए । उनी ख वर्गका फरक क्ष मताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आइतबार बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ। अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: