Loktantra Khabar National Weekly
Ad

‘ब्याड न्युज’ बन्यो विक्की कौशलको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म

लोकतन्त्र खबर
६ श्रावण २०८१

काठमाडौं । विक्की कौशलको फिल्म ‘ब्याड न्युज’ हलमा रिलिज भइसकेको छ । यो फिल्मको चर्चा निर्माण सुरु भएदेखि नै भएको थियो । यसले बक्स अफिसमा कमाल पनि गरेको छ ।

‘ब्याड न्युज’ले विक्की कौशलका फ्यानलाई सुखद खबर दिएको छ । अभिनेताका लागि यो फिल्मको ओपनिङ राहतपूर्ण रह्यो । यो फिल्म अभिनेता कौशलको करिअरमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म समेत बन्यो ।

यो फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका थिए भने ‘तौबा तौबा’ गीत हिट छ । यो गीतमा विक्कीको ‘किलर मुभ्स’लाई कपी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले रिल्स र भिडियो बनाइरहेका छन् । जसकारण पनि फिल्मको ओपनिङमा मद्दत मिलेको ठानिएको छ ।

फिल्मले शुक्रबार भारतीय बक्स अफिसमा ८.६२ करोड भारुको ओपनिङ गरेको छ । ‘ब्याड न्युज’ विक्कीको करिअरमा धेरै ओपनिङ गर्ने पाँच फिल्ममध्ये शीर्षस्थानमा रहेको छ । यसअघि ‘उरी : द सर्जिकल स्ट्राइक’ले ८.२० करोड, ‘राजी’ले ७.५३ करोड भारु, ‘श्याम बहादुर’ले ६.५३ करोड भारु, ‘जरा हट्के जरा बचके’ले ५.४९ करोड भारु ओपनिङ गरेका थिए ।

विक्की मात्र होइन अभिनेत्री तृप्ति डिम्री’को लागि पनि ‘ब्याड न्युज’को यो कमाइ सुखद रह्यो । शीर्ष अभिनेत्रीको रुपमा यो उनको सबैभन्दा ठूलो ओपनिङ हो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: