Loktantra Khabar National Weekly
Ad

विराटनगर जाँदै हुनुहुन्छ? हेर्नुस् यस्ताे छ एयरलाइन्सहरूको भाडादर

लोकतन्त्र खबर
६ श्रावण २०८१

काठमाडौं-विराटनगर रूटमा अहिले बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।

बुद्धले काठमाडौं-विराटनगर दैनिक ९ वटा उडान गरिरहेको छ। यतीले काठमाडौं-विराटनगर ७ वटा उडान गरिरहेको छ। त्यस्तै, श्री एयरलाइन्सले काठमाडौं-विराटनगर ४ र  सौर्यले ३ वटा उडान गरिरहेकाे छ।

हवाइ यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ।

बुद्ध एयरलाइन्सले काठमाडौं- विराटनगरका लागि न्यूनतम भाडादर पाँच हजार सात सय रूपैयाँ राखेको छ। त्यस्तै, यही गन्तव्यका लागि बुद्धले नौ हजार ९९९ रूपैयाँ अधिकतम भाडादर राखेको छ।

त्यस्तै, यती एयरले पनि काठमाडौं-विराटनगर लागि न्यूनतम भाडादर पाँच हजार सात सय रूपैयाँ राखेको छ। त्यस्तै यही गन्तव्यमा अधिकतम भाडादर नौ हजार ९९५ रूपैयाँ राखेको छ।

श्री एयरले काठमाडौं-विराटनगर न्यूनतम भाडादर पाँच हजार सात सय सय रूपैयाँ राखेको छ। त्यस्तै, यही रूटमा १० हजार रूपैयाँ अधिकतम भाडादर राखेको छ।

त्यस्तै, सौर्य एयरलाइन्सले काठमाडौं-विराटनगका लागि न्यूनतम भाडादर पाँच हजार ६९५ रूपैयाँ राखेको छ। यही गन्तव्यको लागि अधिकतम भाडा नौ हजार ९९९ रूपैयाँ राखेको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: