Loktantra Khabar National Weekly
Ad

प्रभासको ‘कल्की’ ले तोड्यो शाहरूख खानको ‘जवान’ को रेकर्ड

लोकतन्त्र खबर
६ श्रावण २०८१

दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

भारतीय सञ्चारमाध्यम द इन्डियन एक्प्रेसका अनुसार फिल्मले घरेलु बक्स अफिसमा ६०८ करोड १० लाख भारू कमाएको छ।

योसँगै ‘कल्की २८९८ एडी’ ले शाहरूख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको छ। ‘जवान’ ले २५ दिनमा ६०० करोड भारू कमाएको थियो भने ‘कल्की’ ले २३ दिनमै ६०० करोड भारू कमाएको हो।

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।

यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हो। भारतीय सञ्चारमाध्यमका टाइम्स अफ इन्डियाका अनुसार फिल्मको बजेट ६०० करोड भारू छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: