Loktantra Khabar National Weekly
Ad

फुटपाथ विस्तारविरूद्ध काठमाडौं महानगर वडा नम्बर २२ ले सुरू गर्‍यो सडकबाटै सेवा

लोकतन्त्र खबर
६ श्रावण २०८१

काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले सडकबाटै सेवा दिन सुरू गरेको छ।

महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार सुरू गरेको विरोधमा वडाले सडकबाटै सेवा दिन थालेको हो।

फुटपाथ विस्तारको  निर्णय फिर्ता नलिएसम्म सडकबाटै वडाको सेवा दिने वडा कार्यालयले जनाएको छ।

न्यूरोडमा धर्नाका लागि बनाएको पालभित्रबाट वडाले सेवा सुरू गरेको हो।

धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाका लागि बनाइएको पालभित्रबाट वडा नम्बर २२ ले आफ्नो सेवा सुरू गरेको हो। पालभित्र कुर्सी र टेबल राखेर कार्यकक्ष नै बनाइएको छ।

काठमाडौं महानगरले अदालतको आदेशपछि न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार सुरू गरेको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: