Loktantra Khabar National Weekly
Ad

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

लोकतन्त्र खबर
६ श्रावण २०८१

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले रातोपाटीलाई सो जानकारी दिएका हुन् ।

यसअघि अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुङ्गाउने तयारी गरेका थिए । ‘मुख्यमन्त्रीज्यूले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुहुन्छ,’ ढकालले भने ।

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्य अनुसार असार २४ गते नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी त्यागेर सरकारबाट बाहिरिइसकेको छ । योसँगै माओवादी केन्द्रबाट मख्यमन्त्री बनेका शालिकराम जम्कट्टेल अल्पमतमा परेको छन् ।

केन्द्रमा नेकपा एमालेले कांग्रेससँगको साझेदारीमा सत्तारोहण गरिसकेको छ । सोही सहमतिअनुसार बागमती प्रदेश सरकारको भाग कांग्रेसको पक्षमा परेको छ ।

यता बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको बैठकले सर्वसम्मतले सो निर्णय गरेको हो । योसँगै प्रदेशमा उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्री बन्ने पक्का भएको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: