Loktantra Khabar National Weekly
Ad

कपालका लागि प्रभावकारी पाँच तेल

लोकतन्त्र खबर
७ श्रावण २०८१

वंशाणुगत कारण तथा बिग्रिएको जीवनशैलीका कारण हिजोआज तालु खुइलिने समस्या बढेको छ । तालुखुइले हुनबाट जोगिन कपालको जरामा यी तेलको प्रयोग फाइदाजनक हुन सक्छ ।

तोरीको तेल अमला

तालु खुइले हुनबाट बच्न चाहनुहुन्छ भने तोरीको तेलमा अमला मिसाएर कपालमा लगाउनुहोस् । अमलाको पाउडर वा फलको रसलाई तोरीको तेलमा मिसाएर मनतातो बनाएर जरामा मसाज गर्दै लगाएमा फाइदा हुन्छ ।

जैतुनको तेल

पोषक तत्वले भरिपूर्ण जैतुनको तेलले टाउको मालिस गरेमा कपाल झर्न कम हुन्छ । जसले गर्दा तालु खुइले हुनबाट पनि जोगिन्छ ।

क्यास्टरको तेल

तालु खुइले हुनबाट जोगिनका लागि क्यास्टर तेल र तिलको तेल मिसाएर पनि प्रयोग गर्न सकिन्छ । कपालको समस्यामा यो मिश्रण एकदमै फाइदाजनक हुन्छ ।

रोजमेरी तेल

यदि तपाईं तालु खुइले हुनबाट बच्न चाहनुहुन्छ भने हप्तामा दुईपटक रोजमेरी तेल लगाउनुहोस् । रोजमेरी तेलले मालिस गरेमा कपाल बलियो हुनुका साथै स्वस्थ पनि हुन्छ ।

नरिवल तेल

कपालमा धेरै मात्रामा प्रयोग गरिने नरिवलको तेल फाइदाजनक हुन्छ । नियमित रुपमा नरिवलको तेलले मालिस गरेमा कपाल बाक्लो तथा लामो हुँदै जान्छ । यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: