Loktantra Khabar National Weekly
Ad

सुन तोलामा १०० रुपैयाँ बढ्यो

लोकतन्त्र खबर
७ श्रावण २०८१

काठमाडौं साउन ७ , सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँ मूल्य रहेको सुन यस दिन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१० रुपैयाँ रहेको चाँदी आज १७९० रुपैयाँमा झरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: