Loktantra Khabar National Weekly
Ad

त्रिविमा स्नातकका विद्यार्थीले अब मौका परीक्षा दिन पाउने

लोकतन्त्र खबर
७ श्रावण २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन्  ।

योसँगै कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य भएको छ ।

विश्वविद्यालयले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो ।

मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने र अन्तिम वर्षको परीक्षाको नतिजा सार्वजनिक भएको दुई हप्ताभित्रमा मौका परीक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: