Loktantra Khabar National Weekly
Ad

३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने पक्राउ

लोकतन्त्र खबर
७ श्रावण २०८१

तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पीताम्बर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले ती महिलालाई आफ्नै घरमा लगी डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: