Loktantra Khabar National Weekly
Ad

एमालेले टुङ्ग्यायो बागमती प्रदेशका ६ मन्त्री

लोकतन्त्र खबर
८ श्रावण २०८१

मकवानपुर । एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाडौँ), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ (सिन्धुली), कृष्ण प्रसाद सिलवाल (चितवन) र अमन कुमार मास्के (काठमाडौँ) को नाम टुङ्ग्याएको हो । उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन ।

प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

एमाले र कांग्रेसबिच बागमती प्रदेशको मन्त्रालयको भागबन्डामा पनि सहमति भएको छ । एमालेले ६ र कांग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय लिनेगरी सहमति भएको हो ।

सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय छोड्ने र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने सहमति बनेको हो । कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको हो ।

एमालेले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास लिने सहमति भएको कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्रीका दाबेदार लामाले बताए ।

सहमति अनुसार एमाले र कांग्रेसले निर्धारित समय सीमाको सत्ता साझेदारी गरेका छन् । एमालेले केन्द्रको सहमति अनुसार सत्ता साझेदारी गर्ने र सरकार परिवर्तन पछि अहिलेकै अनुसारको मन्त्रालय लिने भएको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: