Loktantra Khabar National Weekly
Ad

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन – मानव तस्करी रोक्न सचेतपूर्वक काम गर्नू

लोकतन्त्र खबर
८ श्रावण २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको निरीक्षण गरेका छन्।

गृहमन्त्री लेखकले आज बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गरेका हुन् ।

विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले गलत कार्यमा कर्मचारीको संलग्नतादेखिए कारबाही गर्ने बताए ।

पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए।

गृहमन्त्री लेखकले भने, ‘मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ । अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।’

गृहमन्त्री लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताए।

मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिलो नेपालीका रूपमा अध्यागमन कर्मचारीलाई भेट्ने भएकाले उनीहरू स्मार्ट बन्नुपर्ने समेत बताए ।

गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह गरेका छन् । अनलाइन नेपाल

 

 

प्रतिक्रिया दिनुहोस्: