Loktantra Khabar National Weekly
Ad

रौतहटमा सार्वजनिक स्थानमा डीजे बजाए कारबाही गर्ने प्रहरीको चेतावनी

लोकतन्त्र खबर
८ श्रावण २०८१

काठमाडौं असार ८ , जिल्ला प्रहरी कार्यालय रौतहटले  सार्वजनिक बाटो, सडक, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानमा डीजे साण्ड सिष्टम नबजाउन आग्रह गरेको छ ।

विद्यार्थीहरुको पठनपाठनमा, सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनी प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेकोले डीजे साण्ड सिष्टमका नबजाउन प्रहरीले आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले विज्ञप्तिमा भनिएको छ, ‘ समाजमा मानसिक तथा शारिरीक समस्या उत्पन्न भएको, झै-झगडाका घटनाहरू बढेको, विद्यार्थीहरुको पठनपाठनमा, सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनी प्रदूषणले जनस्वास्थ्यमा प्रतिकुल असर पारेको भनी पटक-पटक व्यापक जनगुनासोहरु प्राप्त भाएको हुँदा चर्को स्वरमा डीजे साउण्ड सिष्टम नबजाउन हुन अनुरोध गरिएको छ।’

साथै समाजमा प्रतिकूल असर पार्ने खालका डीजे साण्ड बजाएमा कारबाही गर्ने चेतावनी समेत दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: