Loktantra Khabar National Weekly
Ad

अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक चिटलले दिइन् राजीनामा

लोकतन्त्र खबर
९ श्रावण २०८१

अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिएकी छिन्।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गर्दै उनले राजनीनामा दिएकी हुन्।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीबाटै दबाब परेको थियो। ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न शुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारीले उनीमाथि गोली चलाएका थिए।

ट्रम्पका चिकित्सकले उनको दाहिने कानमा दुई सेन्टिमिटर बन्दुकको गोली लागेको घाउ अहिले ठिक हुँदै गएको बताएका छन्। चिटललाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुख नियुक्त गरेका थिए। यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: