Loktantra Khabar National Weekly
Ad

फुटेका फोहोर कुर्कुच्चा सफा गर्ने तरिका

लोकतन्त्र खबर
९ श्रावण २०८१

कतिपय व्यक्ति फुटेको कुर्कुच्चामा फोहोर जमेर समस्यामा परिरहेका हुन्छन् । यस्तोमा फुटेको तथा फोहोर खुट्टाबाट राहत पाउन केही उपाय अपनाउन सकिन्छ ।

विशेषज्ञका अनुसार फुटेको कुर्कुच्चाबाट राहत पाउन र खुट्टालाई सफा र सुन्दर बनाउने पहिलो उपाय छ- तपाईंले मनतातो पानीमा नुन र फिटकिरी मिसाउनुहोस् । अब यसमा केहीबेर खुट्टालाई डुबाएर राख्नुहोस् । यसले कुर्कुच्चा सफा गर्न सहयोग हुनेछ ।

फुटेका कुर्कुच्चा सफा गर्न र मुलायम बनाउन रातमा सुत्नुअघि तोरीको तेलले मालिस गर्न सक्नुहुन्छ । यसले खुट्टाको सुख्खापन कम हुनुका साथै सफा राख्न सहयोग गर्छ ।

खुट्टा सफा गर्न र फुटेका कुर्कुच्चाको समस्याबाट राहत पाउन तपाईंले ग्लीसरिनमा गुलाफ जल मिसाएर पनि लगाउन सक्नुहुन्छ । यसले खुट्टा सफा तथा सुन्दर बन्दै जान्छन् ।

अर्को उपाय भनेको दुध र महको मिश्रण हो । यसका लागि दुधमा मह राखेर तताउनुहोस् । त्यसपछि यसमा सुन्तलाको रस मिसाएर चिसो भएपछि यो क्रिमलाई फुटेका कुर्कुच्चामा लगाउनुहोस् । यसले खुट्टा सफा र सुन्दर हुन्छन् ।

फुटेका तथा फोहोर कुर्कुच्चाबाट राहत पाउन तपाईं केरा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पाकेको केरा कुर्कुच्चामा लगाउनुहोस र केहीबेर मालिस गरेपछि घोटेर सफा गर्नुहोस् । यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: