Loktantra Khabar National Weekly
Ad

बारा: नक्कली प्रहरीको आरोपमा एक व्यक्ति पक्राउ

लोकतन्त्र खबर
९ श्रावण २०८१

बारा  बाराको ईलाका प्रहरी कार्यालय प्रसौनिले आफुलाई घुमुवा प्रहरी बताउने एकजनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिईएका व्यक्ति फेटा गाउँपालिका वडा नम्बर ३, फेटाका भुलान भन्ने सब्दीन आलम रहेको बताईएको छ।

स्थानीय मिडिया स्रोतका अनुसार आलम आफुलाई प्रहरीको घुमुवा अधिकारी बताउँदै उद्योगी व्यवसायीलाई तर्साउने र पैसा असुल्ने गर्थे। आलमले आफु प्रदेश प्रहरी कार्यालय मधेशका घुमुवा अधिकारी भएको दाबी गर्ने गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले आलमलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान पश्चात् मात्र विस्तृत जानकारी दिने बताउनुभएको छ। तर, आलमलाई नक्कली प्रहरीको आरोपमा पक्राउ गरिएको हो भन्ने प्रश्नमा भने उहाँले कुनै उत्तर दिनुभएको छैन। साथै, कुन अभियोगमा आलमलाई पक्राउ गरिएको हो त्यो पनि खुलाइएको छैन।

हाल आलमलाई ईलाका प्रहरी कार्यालय प्रसौनिको हिरासतमा राखिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: