बारा । महिला बेपत्ता बनाएको मुद्दामा १५ वर्ष कैद सजायको माग गरिएका ‘तपस्वी’ भनिएका रामबहादुर बम्जनलाई नुवाकोट जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ। उनलाई छुट्टै मुद्दा दायरका लागि सिन्धुपाल्चोक लगिएको छ।
नुवाकोट प्रहरीले व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा आरोपित बम्जनमाथि १५ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवानाको माग गर्दै मुद्दा दायर गरेको थियो। जिल्ला अदालतमा थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुभाषवावु पुरीको इजलासले बम्जनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
प्रहरीले बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन सातासम्म राखेर अनुसन्धान गरेको थियो। उनको पटकरपटक सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिइएको थियो।
२०६९ सालमा नुवाकोटको म्यागङ गाउँपालिका–३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि बम्जनमाथि मुद्दा दायर गरिएको थियो। सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै उनलाई १० वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।
नुवाकोटको म्यागङकी महिला बेपत्ता बनाएको छुट्टै उजुरीमाथि छानबिन र बयानका लागि बम्जनलाई प्रहरीको विशेष टोलीले तीन साता अगाडि महोत्तरी हुँदै नुवाकोट ल्याएको थियो। कडा सुरक्षाको साथ उनलाई सिन्धुपाल्चोक पठाइएको छ।
प्रमुख बुँदाहरू :
नुवाकोट जिल्ला अदालतले रामबहादुर बम्जनलाई साधारण तारेखमा रिहा गर्यो।
१५ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो।
ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन हप्ता राखेर अनुसन्धान गरियो।
२०६९ सालमा महिला बेपत्ता बनाएको उजुरीमा मुद्दा दायर गरिएको थियो।
बम्जनलाई सिन्धुपाल्चोक पठाइएको छ। यात्रा डेली