Loktantra Khabar National Weekly
Ad

२६०० पुगेर झर्‍यो सेयर बजार, १६ अर्ब नाघ्यो कारोबार

लोकतन्त्र खबर
९ श्रावण २०८१

काठमाडौं साउन ९, बुधबार सेयर बजार खुलेको २६ मिनेटमा परिसूचक नेप्से २६०० अंक पुग्यो । त्यसपछि सामान्य उतारचढाव हुँदै ओर्लिएको बजार अन्ततः २५३६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक २७.३२ अंक घटेको हो । यो साउन महिनामा पहिलो दिन बजार घटेको हो ।

कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने दुईको स्थिर रह्यो । यस दिन कुल १६ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम ३५ महिनायताकै उच्च हो ।

फाइनान्स र होटल तथा पर्यटनबाहेक सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स समूह ३३ अंक (१.१६ प्रतिशत) बढ्यो । त्यस्तै होटल तथा पर्यटन समूह ८ अंक बढ्यो । व्यापार समूहको सूचक सबैभन्दा धेरै ३ प्रतिशत घट्यो ।

बैंकिङ १७, विकास बैंक २९, हाइड्रोपावर ५०, जीवन बीमा ३८, उत्पादन ९७, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा १८, अन्य ३६ र ब्यापार समूह ११९ अंक घटे ।

समग्र बजार घट्दा पनि तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । बोटलर्स नेपाल तराई, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.६, आरम्भ चौतारी लघुवित्तको ९.१ प्रतिशत मूल्य बढ्यो ।

चिरख्वा हाइड्रोपावरका. ७.७, सुपरमादी हाइड्रोपावरको ६, थ्रीस्टार हाइड्रोपावरको ५.९ तथा मुक्तिनाथ कृषि कम्पनीको मूल्य ५.७ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, माथिल्लो तामाकोशी, हिमाल दोलखा हाइड्रोपावर र सानिमा जीआईसी इन्स्योेरेन्स क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: