Loktantra Khabar National Weekly
Ad

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

लोकतन्त्र खबर
१४ श्रावण २०८१

सुर्खेत जाजरकोटको भेरी नगरपालिका रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको गत कात्तिक १७ गते बारेकोट गाउँपालिका रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको सङ्कट परेको हो

रिम्नावासी भावना रानाले भनिन्,“ अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको ”  भेरी रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन् उनले भनिन्, “हाम्रो दुःख बुझ्ने कोही भएनन् रासस

प्रतिक्रिया दिनुहोस्: