Loktantra Khabar National Weekly
Ad

पर्सा प्रहरीद्वारा तीन लाख ७० हजार बराबरको लत्ताकपडा र खाद्यान्न बरामद

लोकतन्त्र खबर
१५ श्रावण २०८१

वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न स्थानबाट तीन लाख ७० हजार बराबरको लत्ताकपडा तथा खाद्यान्न सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ रेल्वेरोडस्थित सडकखण्डबाट प्रहरीले ४८५ किलोग्राम चिनी नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपमा ल्याइएको ४० हजार मूल्य बराबरको चिनी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ गहवास्थित सडकखण्डबाट प्रहरीले एक लाख १० हजार रुपैयाँ बराबरको चार बोरा मिट मसाला नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकले एक लाख ८० हजार बराबरको लेडिज कुर्ता सुरुवाल नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । उनकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकबाट ७६ पिस कुर्ता सुरुवाल, ६० पिस जेन्स कुर्ता, २२४ पिस स्टिलको कचौरा लगायतका सामग्री बरामद गरिएको हो ।

प्रहरी चौकी ईनर्वाले पनि ४० हजार बराबरको कपडा नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकस्थित सडकखण्डबाट लेडिज कुर्ता सुरुवाल, प्लाजो, कुर्ता सेट, चुरा, चिनी र प्याज नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । भन्सार छलीका सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।  यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: