Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा ४ जना भारतीय बाेलबम यात्री माेटरसाईकल दुर्घटनामा घाइते

लोकतन्त्र खबर
२० श्रावण २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,साउन २०

भारतको सोनवर्षा प्रखण्डमा पर्ने मढियामा चढाउनको लागि सर्लाहीको कर्मैया स्थित बागमतीमा जल लिन गएका ४ जना भारतीय बोलबम यात्री मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन् ।

घाइते हुनेहरुमा माेटरसाईकल चालक भारतकाे सितामाढी निवासी २३ वर्षीय सन्ताेष निराला तथा पछाडी सवार १२ वर्षीय नितेश यादव, १४ वर्षीय चन्द्रमाेहन महताे र १६ वर्षीय राेहित यादव रहेका छन् ।

शनिवार साँझ करिब ५ बजेको समयमा ४ जना सवार BR 30 A 6954 नम्बरकाे भारतीय माेटरसाईकल शनिबार साँझ करिब ५ बजेको समयमा बागमती पुलबाट भरत तालतर्फ तिब्र गतिमा गइरहेको अबस्थामा सोही दिशातर्फ गइरहेको प्र. २-०३–००१ क १३०१ नम्बरकाे मिक्चर मेशिनमा पछाडीबाट ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर घाईते चारै जनाको बागमती माेडेल अस्पताल कर्मैयामा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्: