बखतियार अलि–
सर्लाही, ०२ भाद्र । सर्लाही जिल्लाको सबै भन्दा पुरानो बिधालय । सदरमुकाम मलंगवाको मुटुमा रहेको श्रीमती कृष्णा देवी जनता माध्यमिक बिधालयको ११ बिगहा जमिन भुमाफियाहरुले कब्जामा लिएर जोतभोग गरिरहेको बिधालयका प्र.अ. युगेश्वर राउतले बताएको छ ।
बिधालय परिसरमा रहेका १३ वटा सटरहरुको भाडा व्यापारीहरुले पहुचका आधारमा विगत ६ वर्ष देखि बिधालयलाई दिएको छैन । सटरहरुको भाडाबाट आउने लगभग १७ लाख रुपैया व्यापारीहरु माथि बाकी रहेको छ । पटक– पटक व्यापारीहरुलाई ताकेता गरेपनि राजनीतिक धाकधमकी देखाएर रकम भुक्तान नगरेको प्र.अ. राउतले दुखेसो पोखे ।
यसले गर्दा बिधालयको आर्थिक अवस्था दिनदिनै कमजोर बन्दै गएको उनले बताए । हामि शिक्षक हो । पठनपाठन गराउने कि जग्गाको संरक्षण गर्ने, सटरभाडा मागेपछि व्यापारीहरुले उल्टै हप्काउन खोज्ने गरेकोले हामि स्थानीय निकायलाई गुहार लगाए ।
यधपी कुनै प्रकारको उपलब्धी नहुदा बिधालयको अवस्था खराब भएको छ । बिषयगत शिक्षकको चरम आभाव छ । आन्तिरिक श्रोतबाट केहि शिक्षक राख्नुपर्ने अवस्था छ । बाकीबक्यौता नउठेपछि यसको असर बिधालयको शिक्षाको गुणस्तर माथि परेको प्र.अ. राउतले गुनासो गरे ।