लोकतन्त्र समाचारदाता— सर्लाही,भदौ ५
प्रहरीले सर्लाहीको नेपाल-भारत सिमावर्ती क्षेत्रका विभिन्न स्थानबाट एक भन्दा बढी मूल्य बराबरको विभिन्न अवैध भारतीय सामानहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबाइल ,किराना सामान,लत्ताकपडा ,खाद्य पदार्थ ,इलेक्ट्रोनिक्स,कस्मेटिक,मेसिनरी पार्टस, कुखुराको चल्ला लगायत सवारीसाधनहरु समेत गरि अन्दाजी १ करोड ७९ लाख ४८ हजार ७३० रुपैयाँ मुल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको हो ।
बरामद सामानहरु आवश्यक कार्यवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: