बखतियार अलि–
सर्लाही ८ भाद्र । काठमान्डौं मेडिकल कांलेज (केएमसी) ले सर्लाहीका २ जना मृगौला रोगीलाई निशुल्क उपचार गरिदिने भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका वार्ड नं. ५ बस्ने ४५ वर्षिय उपेन्द्र राम तथा कौडेना गाउपालिका बस्ने १९ वर्षिय ललन यादवलाई काठमान्डौं मेडिकल कांलेज (केएमसी) ले निशुल्क उपचार गरिदिने भएको हो ।
मधेश प्रदेशका यातायात मन्त्री कौशल किसोर राय, नेपाली कांग्रेसका पुर्व सभापती लक्षमण राय र कौडेना गाउपालिकाका गा.पा. अध्यक्ष रुपेश कुमार यादव (बब्लु) को बिशेष पहलमा दुईजना रोगीले उपचार पाउने भएको केएमसी अस्पतालका संचालक प्रोपराईटर डा. शुनिल कुमार शर्माले बताउनु भएको छ ।
डा. शर्मा शनिवार मृगौला रोग पिडित राम र यादवको घरमै पुगेर निजको अवस्थाको बारेमा जानकारी लिनु भएको छ । कौडेना गा.पा. अध्यक्ष रुपेश कुमार यादवले भने मृगौला पिडितलाई आजै केएमसी असपताल काठमान्डौं पुर्याउने काम हुने बताउनु भयो ।
काठमान्डौं मेडिकल कांलेज (केएमसी) का संचालक डा. शर्मालाई सर्लाहीका गरिब मृगौला रोग पिडितलाई सहयोग गरेको भन्दै डा. शर्मालाई अध्यक्ष यादवले स्वागत तथा समेत गर्नु भएको थियो । नेपाल सरकारले मृगौला पिडितलाई ५ लाख रुपैया दिने घोषणा गरेपनि सरकारी यो भनाई नारामा मात्र सिमित छ ।
सरकारको स्वास्थ्य नीतिमा समस्या भएको कारण आम नेपाली जनताले दुख भोग्नु परेको केएमसीका संचालक डा. शर्माले आरोप लगाउनु भयो । सरकारले वास्तवमा घातक रोगबाट पिडितलाई सरकारले तोकेको रकम उपलब्ध गराई दिए ।,
सोही रकमबाट पिडितले सजिलै उपचार पाउन सकिन्छ । तर यसतो भएको छैन । झन्झटिलो स्वास्थ्य नीतिका कारण पनि नेपाली जनताले दुख भोगि रहेको वहाले बताए ।
आफुले संचालन गरेको केएमसी असपताल काठमान्डौं तथा नोबेल मेडिकल कलेज बिराटनगरमा अहिले पनि उपचार गराउन नस्कने बिरामीहरुलाई निशुल्क रुपमा उपचार दिने व्यवस्था मिलाएको डा. शर्माको भनाई थियो । डा. शर्मा नेपाली कांग्रेसका चर्चित नेता तथा प्रतिनिधी सभा सदस्य समेत रहनु भएको छ ।